काठमाडौं : नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले लालपुर्जा वितरण, नेपाली नागरिकता तथा सीमा सुरक्षालगायतका माग राख्दै मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
सुस्तावासीले भारतीय सुरक्षाकर्मीबाट विभिन्न प्रकारका दुःख, दबाब र अवरोध भोग्नुपरेको गुनासो गर्दै काठमाडौँ आएर मंगलबारदेखि शान्तिपूर्ण धर्ना सुरु गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, पहिचान र अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले वर्षौंदेखि नागरिकता र आफूहरूले भोगचलन गर्दै आएको जग्गाको स्वामित्वबाट वञ्चित रहँदै आएको बताएका छन् ।
उनीहरूले भारतीय अतिक्रमण रोक्न सरकारले ठोस कूटनीतिक पहल गर्नुपर्ने, सीमा सुरक्षालाई थप प्रभावकारी बनाउनुपर्ने, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउनुपर्ने तथा भोगचलन गरिरहेको जग्गाको लालपुर्जा वितरण गर्नुपर्ने माग गरेका छन् ।
उनीहरूले समस्या समाधान नभएसम्म शान्तिपूर्ण रूपमा आन्दोलनलाई निरन्तरता दिने चेतावनी पनि दिएका छन्।
-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त