धनगढी : कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा भिरबाट टेम्पो फालिएको घटनाको विवाद समाधान भएको छ । भिरबाट टेम्पो फाल्ने कार्यमा संलग्न वन कर्मचारीले टेम्पो भीमदत्त राजमार्गमा राखेर खुद्रा सामान बिक्री गर्दै आएकी धनादेवी धामीलाई क्षतिपूर्ति वापतको रकम दिएपछि विवाद टुंग्गिएको हो ।
धनादेवीले क्षतिपूर्ति पाएसँगै सोही घटनामा कैलाली प्रहरीको हिरासतमा रहेका सवडिभिजन वन कार्यालय अत्तरियाका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र वन रक्षक चेतराज फूलारा पनि थुनामुक्त भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई ७र७ हजार धरौटीमा छाडेको हो । धामी टेम्पाको क्षतिपूर्ति र अतिक्रमण हटाउने अभियानका क्रममा वन कार्यालयले भत्काएको घर बनाइदिनुपर्ने भन्दै प्रहरी र स्थानीय प्रशासन धाइरहेकी थिइन् ।
वनका कर्मचारीले उनलाई क्षतिपूर्ति वाफत भन्दै पाँच लाख रुपैयाँ दिएपछि इलाका प्रहरी कार्यालय मालाखेतीमा उनीहरूबीचको विवाद समेत टुंग्गिएको छ । वन कर्मचारीले भीरमा फालेको सुपप्र ०१००१ ह ३१८० नम्बरको टेम्पो भने गरिमा विकास बैँकको नाममा रहेको पाइएको छ ।
कैलालीकै गोदावरीका कृष्णबहादुर थापाले गरिमा विकास बैँकबाट ऋण काढेर टेम्पो खरिद गरेका थिए । टेम्पोको सबै ऋण चुक्ता भइसके पनि नामसारी नगरिएका कारण सवारीधनी बैँक नै रहेको छ । धामीले उक्त टेम्पो गोदावरीका एक स्थानीयबाट खरिद गरेको बताएकी छन् ।
टेम्पो भिरमा फालिएको घटनापछि डिभिजन वन कार्यालय धनगढीको अतिक्रमण हटाउने अभियान विवादमा परेको थियो । अतिक्रमण हटाउँदा वन कर्मचारी नै प्रहरी हिरासतमा पुगेपछि अभियान प्रभावित भएको छ ।
-
जलबिन्दुबाट हुने अन्धोपनको कुनै उपचार छैन : लक्षण पनि देखिदैन
-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित