काठमाडौं : नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनोट हुन असफल भएको छ । केही दिनअघि एसियन गेम्स छनोटमा पनि असफल भएको महिला टोली एसिया कपमा पनि छनोट हुन सकेन ।
मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा थाइल्यान्डसँग पराजित भएसँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको हो । बुधबार विहान भएको क्वाटरफाइनलमा नेपाल थाइल्यान्डसँग ५६ रनले पराजित भयो ।
थाइलयान्डले प्रस्तुत गरेको १३१ रनको लक्ष्य पछ्याएको नेपालले पूरा २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक अविजित २० रन बनाइन् । सोनी पाख्रिनले १५, सीता रानामगरले १२ तथा सम्झना खड्काले ११ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
थाइल्यान्डका लागि थिपात्चा पुथावङले ४ ओभरमा ७ रन मात्र दिएर २ विकेट लिइन् । सुनिदा चतुरोङरतना र सुलिपर्न लाओमीले पनि २- २ विकेट लिए भने फनिता मायाले १ विकेट लिइन् ।
त्यसअघि वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १३० रन बनाएको थियो ।
थाइल्यान्डका लागि नानापत कोन्चारोन्काइले अर्धशतकीय पारी खेलिन् । उनले ५१ बलमा अविजित ६३ रन बनाइन् । फनिता मायाले २६ तथा चनिदा सुथिराङले १६ रन बनाइन् ।
नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले १ – १ विकेट लिए ।
नेपाली महिला टोली गत साता भएको एसियन गेम्सको छनोटमा पनि निर्णायक खेलमा चीनसँग पराजित भएर एसियन गेम्समा छनोट हुन असफल भएको थियो ।
-
जलबिन्दुबाट हुने अन्धोपनको कुनै उपचार छैन : लक्षण पनि देखिदैन
-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित