logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    प्रधानमन्त्री बालेनले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

    प्रधानमन्त्री बालेनले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

    महिला मुक्ति
    ११ जेष्ठ २०८३
    216
    Shares

    काठमाडौँ , धानमन्त्री बालेन शाहले युरोपेली सङ्घ ९इयू०मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग भोलि संयुक्त भेटवार्ता गर्ने भएका छन् ।

    प्रधानमन्त्री शाहले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ ।प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ ।

    यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com