चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षाका कारण पहिरो खस्दा सवारी साधन आवागमन प्रभावित भएको छ । उक्त सडकखण्डको तुइन खोला र पानीधारामा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रुपमा अवरुद्ध भएको हो ।
बिहान ५ः४५ बजे पहिरो खसेपछि सडकमा एकतर्फी रुपमा मात्रै यातायात सञ्चालन भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए ।
प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार डिभिजन सडक कार्यालय भरतपुरसँग सडकको पहिरो हटाउन डोजर मगाइएको छ । पहिरो खसेको स्थल मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ ।
पानीधारमा भने सडकमा खसेका ढुङ्गा हटाइसकिएको प्रहरी निरीक्षक सिंहले बताए ।
-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त