काबुल, : अफगानिस्तानको उत्तरपूर्वी बदखसन प्रान्तको सुन खानीमा विस्फोट हुँदा कम्तीमा पाँच जना खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । अधिकारीका अनुसार सहरी बुजर्ग जिल्लाको अविज क्षेत्रमा मजदुरले सुन खोजिरहेको समयमा दुर्घटना भएको हो ।
विपद् व्यवस्थापनका लागि प्रान्तीय निर्देशक मावलवी मोहम्मद अकरम अकबरीले मृतकको सङ्ख्या पाँच पुगेको पुष्टि गर्दै थप पीडितहरूको खोजी कार्य जारी रहेको बताउनु भएको छ । दुर्गम बदखसन जिल्ला खनिज स्रोतमा धनी जिल्ला भएता पनि अनियमित र खतरनाक खानी जन्य उत्खनन्ले समस्या ग्रस्त क्षेत्रको रुपमा परिचित रहेको जनाइएको छ ।
उच्च गरिबीले ग्रस्त अफगानीस्थानको खानी क्षेत्रमा यस्ता दुखद दुर्घटना पटक(पटक हुने गरेको पाइन्छ भने परम्परागत र अनियमित खानी उत्खनन्को अभ्यासले आधुनिक मेसिनरी र व्यावसायिक सुरक्षा मापदण्डको अभावमा ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको जनाइएको छ । – रासस र सिन्ह्वा
-
जलबिन्दुबाट हुने अन्धोपनको कुनै उपचार छैन : लक्षण पनि देखिदैन
-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित