logo
  • आइतबार, १५ कार्तिक २०८३
    • ट्रेन्डिङ

    अमृत झा रिहाबारे बारे परिवारलाई छैन् खबर ..

    अमृत झा रिहाबारे बारे परिवारलाई छैन् खबर ..

    महिला मुक्ति
    ४ बैशाख २०८३
    324
    Shares

    काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले वैशाख २ गते राती आफ्नो एक्स (ट्वीटर) मा लेखे – ‘अमृत झा जो इरानमा प,क्राउ परेका थिए, उनी रिहा भएका छन् । इरानस्थित हाम्रो मानार्थ महावाणिज्य दूतावास तथा कतारस्थित दूतावास दुवै उहाँसँग सम्पर्कमा छन् । हाम्रो टोली उहाँलाई इरानबाट बाहिर ल्याउनका लागि काम गरिरहेको छ ।’परराष्ट्रमन्त्री खनाल एक्समा लेखेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भन्यो– ‘इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाइका लागि स्थानीय अदालतबाट आदेश भएको भन्ने खबर तेहरानस्थित नेपाली अनररी कन्सुलर जनरलमार्फत अनौपचारिक रूपमा मन्त्रालयमा प्राप्त भएको छ ।’विज्ञप्तिमा सो आदेशको विस्तृत विवरण उपलब्ध गराउन र झालाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल फर्काउनका लागि तेहरानस्थित नेपाली अनररी कन्सुलर जनरल र नेपाली राजदूतावास दोहाबाट आवश्यक पहल जारी राखिएको जनाइएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com