काठमाडौं। महालेखा नियन्त्रक कार्यालयले चालू आर्थिक वर्ष २०८२-८३ को पहिलो नौ महिनामा सरकारले लक्ष्यको ८४.११ प्रतिशत राजस्व संकलन गर्न सफल भएको जनाएको छ। चैत मसान्तसम्म कुल ८ खर्ब ९१ अर्ब ५६ करोड २९ लाख रुपैयाँ राजस्व उठेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशतले बढी हो।
संकलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा मूल्य अभिवृद्धि कर (भ्याट) बाट २ खर्ब ६१ अर्ब ४१ करोड र आयकरबाट २ खर्ब १५ अर्ब ९० करोड रुपैयाँ प्राप्त भएको छ। चैत महिनामा मात्रै लक्ष्यको ९३ प्रतिशतभन्दा बढी राजस्व संकलन हुनुलाई सकारात्मक मानिएको छ।
राजस्व संकलनमा सुधार देखिए पनि सरकारको विकास खर्च (पुँजीगत खर्च) को अवस्था भने निकै कमजोर देखिएको छ । चैत मसान्तसम्म विनियोजित पुँजीगत बजेटको जम्मा २३.५८ प्रतिशत अर्थात् ९६ अर्ब १९ करोड ५१ लाख रुपैयाँ मात्र खर्च भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा समेत न्यून हो।
अर्कातर्फ, साधारण प्रकृतिको चालू खर्च भने ६३.३ प्रतिशत (७ खर्ब ४७ अर्ब ५२ करोड) पुगिसकेको छ । सरकारको कुल बजेट खर्च हालसम्म लक्ष्यको ५३.९७ प्रतिशत अर्थात् १० खर्ब ५९ अर्ब ९५ करोड रुपैयाँ पुगेको तथ्यांकले देखाउँछ ।
वैदेशिक अनुदान प्राप्तिमा पनि सरकार निकै पछाडि परेको छ; वार्षिक लक्ष्यको जम्मा २९.२१ प्रतिशत मात्र अनुदान प्राप्त भएको छ । सरकारले पुँजीगत खर्च कम हुनुमा पछिल्लो समय मध्यपूर्वमा देखिएको द्वन्द्वका कारण इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धि तथा अभावलाई पनि कारक मानेको छ । यही असहज परिस्थितिका कारण निर्माण गतिविधि प्रभावित हुँदा सरकारले बजेटको अर्धवार्षिक समीक्षामार्फत खर्चको संशोधित अनुमान समेत घटाएको छ, जसले गर्दा यस वर्ष विकास निर्माणका कामहरू थप सुस्त हुने देखिएको छ ।
-
सरकारद्धारा : दुई हजार युवालाई एआईको निःशुल्क तालिम
-
आज सुन तोलामा आठ हजार ३०० रुपैयाँले घट्यो
-
सर्वोच्चअदालतद्धारा : गाँजा खेती गर्न परमादेश जारी
-
जलबिन्दुबाट हुने अन्धोपनको कुनै उपचार छैन : लक्षण पनि देखिदैन
-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार