काठमाडौँ । इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई संयमित, सतर्क र सुरक्षित रूपमा बस्न आग्रह गरेको छ। दूतावासले मंगलबार “अत्यन्त जरुरी” भन्दै आठ बुँदे सूचना जारी गर्दै वर्तमान अवस्थालाई ध्यानमा राखी सावधानी अपनाउन अनुरोध गरेको हो।
दूतावासका अनुसार आपतकालीन परिस्थितिमा सहयोगका लागि द्वितीय सचिव कुमार बहादुर श्रेष्ठ र तृतीय सचिव सञ्ज कुमार शाहलाई मोबाइलमार्फत सम्पर्क गर्न सकिनेछ। श्रेष्ठको सम्पर्क नम्बर +९७२–५३५३६०७४८ र शाहको नम्बर +९७२–५४५५८२०७७ रहेको छ।
दूतावासले इजरायल सरकार तथा यसको आधिकारिक निकाय, विशेष गरी होम फ्रन्ट कमाण्डले जारी गर्ने निर्देशनहरू अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ। साथै, अलर्ट एसमएस प्राप्त भएमा वा साइरन बजेमा कुनै पनि लापरबाही नगरी नजिकको बम सेल्टरमा तुरुन्तै जान निर्देशन दिइएको छ।
नेपाली नागरिकलाई राहदानी, परिचयपत्र, सवारी चालक अनुमति पत्र, बैंक कार्ड लगायतका आवश्यक कागजात सधैं साथमा राख्न र विकसित घटनाक्रमबारे नियमित जानकारी अपडेट राख्न पनि सुझाव दिइएको छ।
यसैगरी, सामाजिक सञ्जालमा देखिने युद्धसम्बन्धी भिडियोहरू अनावश्यक रूपमा सेयर नगर्न, तथा परिवार, साथीभाइ र आफन्तसँग नियमित सम्पर्कमा रहन पनि दूतावासले अनुरोध गरेको छ।
-
जलबिन्दुबाट हुने अन्धोपनको कुनै उपचार छैन : लक्षण पनि देखिदैन
-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित