काठमाडौँ , इजरायल–अमेरिका र इरान युद्धका कारण नागरिक सुरक्षालाई केन्द्रमा राख्दै सरकारले मध्यपूर्वी देशहरूमा मागपत्र प्रमाणीकरण कार्य अनिश्चितकालका लागि स्थगित गरेको छ।युद्धबाट प्रभावित हुने निश्चित देशहरूका लागि सरकारले कामदार पठाउन रोक लगाएको हो । परराष्ट्र मन्त्रालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव अमृतबहादुर राईले इजरायल, अमेरिका र इरान तीन देशबाट नेपालका लागि आउने कामदारहरूको मागपत्र प्रमाणीकरण रोकेको जानकारी दिए।साथै, युद्धग्रस्त देशमा नेपाली नागरिकको सुरक्षामा ध्यान दिँदै वैदेशिक रोजगार विभागलेसमेत श्रम स्वीकृति रोक लगाएको थियो भने अध्ययनका लागि जान एनओसी जारी गर्न पनि प्रतिबन्ध लगाएको छ । सचिव राईको संयोजकत्वमा रहेको उच्चस्तरीय इमर्जेन्सी रेस्पोन्स टिम (इआरटी)ले फागुन २० गते बसेको बैठकले मागपत्र प्रमाणीकरण नगर्न निर्देशन दिने निर्णय गरेको थियो।
सोही निर्णयबमोजिम खाडी मुलुकमा रहेका नेपाली दूतावासहरूले मागपत्र प्रमाणीकरणसम्बन्धी कार्य अर्को सूचना अनाएसम्म स्थगन गरेका हुन्। रासस
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी