कालिकोट , नेकपा (माओवादी)का प्रवक्ता तथा प्रत्यक्ष उम्मेदवार खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड सी) विरुद्ध नेपाली कम्युनिष्ट पार्टी भित्रका केही षड्यन्त्रकारीहरुले गोयवल्स शैलीको कू–प्रचार गरेका छन ।
महेन्द्र शाहीको पराजय हुने निश्चित भएपछि षड्यन्त्रकारीहरुले विभिन्न गोयवल्स शैलीको प्रचार गरेर अपराधी मानसकिता प्रकट गरेका हुन ।रास्कोटका नेपाली कम्युनिष्ट पार्टी भन्ने केही षड्यन्त्रकारीहरुले प्रकाण्डलाई प्रहरीले पक्राउ गरेको र गुलाफ चिन्ह खारेज भएको तथा महेन्द्रको विजयी भईसकेको जस्ता भ्रमपूर्ण गोयवल्स शैलीको प्रचार गरेका छन ।
नेकपा (माओवादी)ले यसप्रकारको कू–प्रचारलाई गम्भीर आपत्ति जनाउदै त्यो पराजित मानसिकताको उपच र गोयवल्स शैली भएको टिप्पणी गरेको छ ।नेकपा (माओवादी)का प्रवक्ता तथा उम्मेदवार प्रकाण्डले ज्वाला खवरसंग संक्षिप्त प्रतिक्रिया दिदै आफू निर्वाचन काम विशेषले सुर्खेत झरेको र षड्यन्त्रकारीहरुको कू–प्रचारको भ्रममा नपर्न जिल्लावासी मतदाताहरुलाई आग्रह गर्नु भएको छ ।उहाँले आफू भोलि कालिकोट आईपुग्ने जानकारी दिदै आफू विरुद्ध गरिएको भ्रमपूर्ण प्रचार षड्यन्त्रकारीहरुको पराजित र अपराधीक मानसिकताको उपच भएको बताउनु भयो ।
माओवादी पार्टीको तर्फबाट निर्वाचन परिचालनको नेतृत्व गर्नु भएका प्रकाण्ड निर्वाचन सम्वन्धिको काम विशेषले बुधवार सुर्खेत जानु भएको थियो ।यसैकुरालाई लिएर नेपाली कम्युनिष्ट पार्टीका केही षड्यन्त्रकारीहरुले प्रकाण्ड विरुद्ध गोयवल्स शैलीको प्रचार गरेका हुन ।उहाँलाई प्रहरीले जेलमा लिएको र गुलाफ चिन्हबाट लड्न नमिने भएको भन्दै नेपाली कम्युनिष्ट पार्टीका षड्यन्त्रकारीहरुले प्रचार गरेका छन ।यो प्रचारलाइ अपराधी मानसिकताको उपच भएको पनि माओवादीले बताएको छ । माओवादीले षड्यन्त्रकारीहरुको गोयवल्स शैलीको कू–प्रचारमा नलाग्न आग्रह गर्दै गुलाफमा मतदान गर्न सबैमा अपिल समेत गरेको छ ।यसैविच नेपाली कम्युनिष्ट पार्टीले मतदाताहरुलाई प्रभावित पार्न गाउँ गाउँमा विभिन्न प्रलोभन दिएको खुलासा भएको छ ।दलित वस्तीहरुमा चामल, र रक्सी वितरण सुरु गरेको नेपाली कम्युनिष्ट पार्टी भित्रकै आन्तरिक श्रोतले बताएको छ । यदि त्यो गरिएको हो भने जनताको सार्वभौम अधिकारको प्रयोग गर्ने अधिकारमाथिको हस्तक्षेप हुने विश्लेषकहरुले बताएका छन । ज्वाला खबर
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी