बुटवल ,नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्य कृष्णा केसीलाई पार्टीबाट निष्कासन गरेको छ ।संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले पार्टीको निर्णयविरुद्ध गतिविधि गरेको भन्दै केसीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको एक पत्रमार्फत जानकारी गराएका हुन् ।
आगामी २०८२ फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कृष्णा केसी नमुना ,बाँके, ले अन्य दलको निर्वाचन चिन्हमा उम्मेद्वारी दिएकोले निजलाई पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निस्कासन गरिएको जानकारी गराइन्छु, पत्रमा भनिएको छ ।
केसी पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टीमा सक्रिय हुँदै आएकी थिइन् । फागुन २१ को चुनावका लागि केसीले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दर्ता गराएको जनाइएको छ ।
-
जलबिन्दुबाट हुने अन्धोपनको कुनै उपचार छैन : लक्षण पनि देखिदैन
-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित