logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    परराष्ट्र मन्त्री र नेपालका लागि ईयू राजदूतबिच भेटवार्ता

    परराष्ट्र मन्त्री र नेपालका लागि ईयू राजदूतबिच भेटवार्ता

    महिला मुक्ति
    ७ माघ २०८२
    477
    Shares

    काठमाडौँ, परराष्ट्र मन्त्री बालानन्द शर्मा र नेपालका लागि युरोपेली सङ्घ (ईयू) की राजदूत महामहिम भेरोनिक लोरेन्जोबिच भेटवार्ता भएको छ ।परराष्ट्र मन्त्रालयमा भएको सो अवसरमा दुवै पक्षबिच नेपाल–ईयू सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार–विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    भेटमा द्विपक्षीय सहकार्य, विकास साझेदारी तथा आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।दुवै पक्षले नेपाल र युरोपेली सङ्घबिचको मित्रतापूर्ण सम्बन्धलाई आगामी दिनमा अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com