logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    अमेरिकाद्वारा आफ्ना नागरिकलाई तत्काल इरान छोड्न निर्देशन

    अमेरिकाद्वारा आफ्ना नागरिकलाई तत्काल इरान छोड्न निर्देशन

    महिला मुक्ति
    ३० पुष २०८२
    351
    Shares

    काठमाडौँ : अमेरिकाले एक विज्ञप्ति जारी गर्दै आफ्ना नागरिकहरूलाई तत्काल इरान छोड्न निर्देशन दिएको छ। तेहरान हेर्ने भर्चुअल अमेरिकी दूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै इरानमा बढ्दो हिंसात्मक प्रदर्शनलाई लिएर आफ्ना नागरिकहरूलाई तत्काल देश छोड्न निर्देशन दिएको हो। दूतावासले इरानमा दुई साता भन्दा लामो समयदेखि जारी प्रदर्शन हिंसात्मक बन्दै गएको अवस्था र प्रदर्शनकारीमाथि त्यहाँको सरकारले गरेको दमनकाबीच अमेरिकी नागरिकहरू असुरक्षित हुन सक्ने भन्दै तत्काल देश छोडेर अन्यत्र जान निर्देशन दिएको छ ।
    बढ्दो प्रदर्शनबीच इरानमा अमेरिकी नागरिकहरू पक्राउ पर्ने सक्ने खतरा रहेकाले देश छोड्न भनिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। इरानमा सुरक्षा बलको उपस्थिति कडा बनाइएको छ । सडक अवरोध, सार्वजनिक यातायात अवरुद्ध, तथा इन्टरनेट र सञ्चार सेवामा समेत व्यापक रुपमा प्रतिबन्ध गरिएको छ । इरानी सरकारले मोबाइल, ल्यान्डलाइन र राष्ट्रिय इन्टरनेट नेटवर्कमा पहुँच सीमित गरेको हो ।
    यसैबीच, अन्तर्राष्ट्रिय उडानहरू पनि प्रभावित भएका छन् । अधिकांश एयरलाइन्सले इरान आवतजावत गर्ने उडान रद्द गरेका हुन् । केहीले भने जनवरी १६ तारिखसम्म सेवा स्थगित गरेका छन्। – एजेन्सी


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com