काठमाडौँ , फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा परिचालन गरिने निर्वाचन प्रहरीको मापदण्ड गृह मन्त्रालयले स्वीकृत गरेको छ ।
निर्वाचन प्रहरीका लागी नेपाल प्रहरी र सशस्त्रले माग गरेको बजेटमा अर्थ मन्त्रालयले सहमति दिएसँगै गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत गरेका हुन् । स्वीकृत मापदण्ड अनुसार ४० दिनका लागी निर्वाचन प्रहरी भर्ना गरिनेछ ।
अर्थ मन्त्रालयले निर्वाचन प्रहरी भर्ना गर्न ७ अर्ब १३ करोड बजेटको स्रोत सुनिश्चित गरेको छ । अर्थ मन्त्रालयको प्रदान गरेको बजेट अनुसार १ लाख ३४ हजार निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरिने प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गर्नेगरी प्रहरी प्रधान कार्यालयले छिट्टै दरखास्त आह्वान गर्ने गृह प्रवक्ता काफ्लेले जानकारी दिए ।
४० दिन निर्वाचन सुरक्षामा खटिने निर्वाचन प्रहरीले प्रहरी जवान बराबर तलब र रासन सुविधा पाउँछन् । यसपटक निर्वाचन प्रहरीले छुट्टै भत्ता पाउँदैनन् ।
सशस्त्र प्रहरीलाई १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्न आवश्यक बजेट अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ । सशस्त्रले पहिलो पटक निर्वाचन प्रहरी भर्ना गर्दैछ । सशस्त्रले भर्ना गर्ने निर्वाचन प्रहरीले पनि ४० दिन काम गर्नेछन् । उनीहरुले पनि सशस्त्र प्रहरीका जवान सरह तलब र रासन सुविधा पाउँछन् ।
-
जलबिन्दुबाट हुने अन्धोपनको कुनै उपचार छैन : लक्षण पनि देखिदैन
-
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
-
मुग्लिन बजारनजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध
-
वर्षासँगै हिमाली भेगमा भारी हिमपात
-
देशभर मौसम क्रमिक सुधार हुँदै
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ८जना पक्राउ
-
कारागारभित्र सुरुङ खनेर आठ जना कैदी फरार
-
माइतीघर मण्डलमा : पत्रकार पक्राउको विरोधमा प्रदर्शन
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित