काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीसंग २५ दिनदेखि जारी शैक्षिक आन्दोलनमा सहभागी शिक्षक तथा कर्मचारीहरूको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको छ।
भेटमा आन्दोलनरत प्रतिनिधि मण्डलले सरकारले विगतमा शिक्षक समुदायसँग गरेका माग र मुद्दालाई सम्बोधन गर्ने गरी विद्यालय, विद्यार्थी, शिक्षक तथा कर्मचारी मैत्री अग्रगामी शिक्षा ऐन जारी गर्न चासो नदेखाएको गुनासो गरेको छ। उनीहरूले सरकारको उदासीनताका कारण आन्दोलन लम्बिँदै गएको र समस्या थप जटिल बन्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरे।
शिक्षक प्रतिनिधि मण्डलले समस्याको शीघ्र निकासका लागि राजनीतिक पहल गरिदिन महासचिव विप्लवलाई आग्रह गरेको छ। उनीहरूले शिक्षा क्षेत्रको वर्तमान संकट समाधान गर्न विप्लवको महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे।
जवाफमा महासचिव विप्लवले शिक्षक तथा कर्मचारीका माग र समस्यालाई आफूले गम्भीर रूपमा लिएको बताएका छन्। उनले शिक्षा क्षेत्रको सुधारका लागि आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क
-
चलचित्र विकास बोर्डका अध्यक्ष पण्डितले गरे पदभार ग्रहण
-
भोटेकोशी बाढी : निजी सम्पत्ति र व्यवसायमा ७९ अर्बको क्षति
-
आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घट्यो
-
शुक्रवारदेखि इबोलाविरुद्धको खोप परीक्षण सुरु
-
बिहीबारदेखि भारी वर्षा र हिमपातको सम्भावना
-
बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्
-
शनिबार ४७० सवारीसाधन कारबाहीमा
-
हुथी विद्रोहीद्धारा : साउदीका विमानस्थल र तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको दाबी