logo
  • शुक्रबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    राष्ट्र बैंक कार्यकारी निर्देशकबाट गुणाकर भट्टले दिए राजीनामा

    राष्ट्र बैंक कार्यकारी निर्देशकबाट गुणाकर भट्टले दिए राजीनामा

    महिला मुक्ति
    ५ बैशाख २०८२
    900
    Shares

    काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा। गुणाकर भट्टले राजीनामा दिएका छन्। राष्ट्र बैंकको गभर्नर नियुक्त हुने पक्का भएपछि भट्टले शुक्रबार राजीनामा दिएका हुन् ।

    बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टलाई १८औँ गभर्नर बनाउने सहमति भएको थियो।

    भट्टलाई गर्भनर बनाउन कांग्रेस सभापति देउवा सुरुदेखि नै जोड गरिरहेका थिए । बुधबार प्रधानमन्त्री ओलीले भट्टलाई बोलाएर छलफल गरेका थिए । भट्टसँगको छलफलपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा उनको नाममा सहमत भएका थिए ।

    अर्थशास्त्रमा विद्यावारिधि गरेका भट्ट गभर्नरको दौडमा रहेका अन्य ५ जनालाई पछि पार्दै गर्भनर बन्न लागेका हुन् ।

    शुक्रबारनै अर्थमन्त्री बिष्णु पौडेल संयोजक रहेको समितिले भट्टलगायत अन्य दुई जनाको नाम गभर्नरमा सिफारिस गर्ने र मन्त्रीपरिषद्को बैठकले भट्टलाई गभर्नर नियुक्त गर्ने योजना रहेको बुझिएको छ ।सिफारिस समितिको बैठक आजै बस्ने बताइएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com