काठमाडौं । मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ दल निकटका नेविसंघ र अनेरास्ववियुलाई पराजित गर्दै माओवादी निकट विद्यार्थी संगठनले विजयी अग्रता कायम गरेको छ।
पछिल्लो नतिजाअनुसार चार क्याम्पसमा अखिल क्रान्तिकारीले नेविसंघ र अनेरास्ववियुलाई पराजित गरेको छ भने एउटा क्याम्पसमा नेविसंघ विजयी भएको छ।
सिन्धुपाल्चोकको मेलम्ची भ्याली, धादिङ मलेखुको जय बागेश्वरी क्याम्पस र बाग्लुङको गल्कोट बहुमुखी क्याम्पसमा क्रान्तिकारीको प्यानल नै विजयी भएको हो।
भ्याली क्याम्पसमा क्रान्तिकारीका राजन गिरी सभापति रहेको प्यानल नै विजयी भएको हो।
त्यस्तै, जय बागेश्वरी क्याम्पसको सभापतिमा अनुनय सिलवाल विजयी भएका छन्। गल्कोट क्याम्पसमा क्रान्तिकारीका प्रभात साहनीको प्यानल नै विजयी भएको छ।
गुल्मीको श्रीङ्गिश्वर बहुमुखी क्याम्पस रानीवासमा नेविसंघ र अखिलको संयुक्त प्यानललाई भारी मतले पछि पार्दै अखिल ९क्रान्तिकारी०का विशाल थापाको प्यानलै विजयी भएको छ।
थापाथली क्याम्पसमा नेविसंघबाट उम्मेदवार बनेका खड्का प्रह्लाद खड्का निर्वाचित भएका छन्।
क्याम्पस प्रमुख खेम ज्ञवालीका अनुसार स्ववियुको सचिवमा अखिल क्रान्तिकारीका जेसिस उपाध्याय र कोषाध्यक्ष नेविसंघका ऋषिकेश प्रजापती निर्वाचित भएका हुन्।
त्रिभुवन विश्वविद्यालय ९त्रिवि०का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म क्याम्पसमा मतदान भएको थियो। ३८ वटा आङ्गिक क्याम्पस आज निर्वाचन सम्पन्न भएका छन्। यस्तै दुई सय ५० वटा सम्बन्धन क्याम्पसमा निर्वाचन भएका छन्।
उपत्यकाका नेपाल कमर्श क्याम्पस, पाटन संयुक्त क्याम्पस, पुल्चोक इञ्जिनिरियङ क्याम्पस, थापाथली इञ्जिनिरियङ क्याम्पस, महेन्द्ररत्न क्याम्पसमा निर्वाचन भएको थियो। त्रिविले प्रत्येक दुईरदुई वर्षमा गर्ने स्ववियु निर्वाचन गर्दै आइरहेको छ।
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल