logo
  • बुधबार, १२ कार्तिक २०८३
    • ट्रेन्डिङ

    हुथीको ड्रोन हमला: एक नेपालीसहित २जनाको मृत्यु !

    हुथीको ड्रोन हमला: एक नेपालीसहित २जनाको मृत्यु !

    महिला मुक्ति
    ६ कार्तिक २०८३
    180
    Shares

    काठमाडौँ : हुथी विद्रोहीले साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनालाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ। घटनामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन्।
    साउदी अरबको ऊर्जा मन्त्रालयले विज्ञप्ती जारी गर्दै बुधबार बिहान भएको घटनामा एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको जनाएको छ। घाइते हुनेमा एक पाकिस्तानी र एक भारतीय नागरिक छन्।
    घटनामा मृत्यु भएका नेपालीको परिचय, ठेगाना र घटनाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। मन्त्रालयका अनुसार तेल क्षेत्रको प्रशोधन केन्द्रलाई लक्षित गरी आएको ड्रोनलाई साउदी हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेको थियो। ड्रोन आक्रमणको प्रयासका क्रममा तेल क्षेत्रमा काम गर्ने ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागी भएको थियो।
    आगलागी तेल प्रशोधन केन्द्रको परिधिबाहिर भएको र त्यसले तेल क्षेत्रको सञ्चालनमा कुनै असर नपारेको मन्त्रालयले जनाएको छ।
    घटनालगत्तै सम्बन्धित निकायले आवश्यक कदम चालेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com