काठमाडौं : अमेरिकाको उत्तरपश्चिमी राज्य ओरेगनस्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित कम्तीमा चार जनाको मृत्यु भएको छ ।सीबीएस र सीएनएनका अनुसार बिहीबार बेन्ड सहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चलेको हो । उक्त सहर पोर्टल्यान्डबाट करिब १६० किलोमिटर दक्षिणपूर्वमा पर्छ ।
घटनामा गोली चलाउने व्यक्ति पनि मारिएको अधिकारीहरूले बताएका छन् । तर मृत्यु हुने चार जनाको प्रारम्भिक संख्यामा गोली चलाउने व्यक्ति समावेश भए–नभएको स्पष्ट भइसकेको छैन ।
बेन्ड प्रहरी विभागकी सञ्चार व्यवस्थापक शीला मिलरका अनुसार स्थानीय समयअनुसार बिहीबार दिउँसो १२स्५९ बजे विद्यालयबाहिर रहेको एउटा कारमा गोली प्रहार भएको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।त्यसको केही मिनेटमै प्रहरी घटनास्थल पुगेको थियो ।
गोली चलाएको आरोप लागेका व्यक्ति त्यसको केही समयपछि मारिएका थिए । उनलाई प्रहरीले गोली हानेको हो वा घटनास्थलमा रहेका अन्य कुनै व्यक्तिले नियन्त्रणमा लिएका हुन् भन्नेबारे आफूलाई जानकारी नभएको मिलरले बताइन् ।
हामी अहिले विद्यालयका कोठा–कोठामा पुगेर त्यहाँ रहेका सबैलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रक्रियामा छौँ,’मिलरले भनिन्,‘बेन्डमा हामीले यस्तो घटना कहिल्यै देख्न नपरोस् भन्ने चाहन्छौँ । यो अत्यन्तै दुस्खद घटना हो ।’
घटनामा कति जना घाइते भए र उनीहरूको अवस्था कस्तो छ भन्नेबारे तत्काल जानकारी सार्वजनिक भएको छैन ।
अमेरिकाको संघीय अनुसन्धान ब्युरो ९एफबीआई० का निर्देशक काश पटेलले सामाजिक सञ्जालमार्फत घटनास्थलमा अनुसन्धानका लागि स्थानीय प्रहरीलाई सहयोग गरिरहेको जानकारी दिएका छन् ।आवश्यक पर्ने सबै स्रोतसाधन उपलब्ध गराउने उनले बताएका छन्
ओरेगनकी गभर्नर टीना कोटेकले पनि घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको बताएकी छन् ।
अमेरिकी सिनेटमा ओरेगनको प्रतिनिधित्व गर्ने जेफ मर्कलीले घटनाप्रति दुस्ख व्यक्त गर्दै प्रभावित विद्यार्थी र परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
बेन्ड समुदाय र यस घटनाबाट प्रभावित सबै विद्यार्थी तथा परिवारप्रति मेरो सहानुभूति छ । कसैले पनि विद्यालयमा हिंसाको डर बोकेर बस्नुपर्ने अवस्था हुनु हुँदैन,’उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी