logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ५४ करोड मौज्दात

    प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ५४ करोड मौज्दात

    महिला मुक्ति
    २७ असोज २०८३
    135
    Shares

    काठमाडौँ :  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा मौज्दात रकम १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ रुपैयाँ पुगेको हो।
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात १२ अर्ब ९५ करोड १६ लाख ३१ हजार २०१ रुपैयाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा दुई करोड ९७ लाख २९ हजार ९७२ अमेरिकी डलर पुगेको छ।
    सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघिएक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com