logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    वरिष्ठ उपसभापतिमा विश्वप्रकाश र महिला उपसभापतिमा पुष्पा निर्विरोध

    वरिष्ठ उपसभापतिमा विश्वप्रकाश र महिला उपसभापतिमा पुष्पा निर्विरोध

    महिला मुक्ति
    २१ असोज २०८३
    180
    Shares

    काठमाडौं : कांग्रेस वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध भएका छन् । शर्माको एकल उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
    १४औँ महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएका शर्मा विशेष महाधिवेशनबाट उपसभापति चयन भएका थिए । १५औँ महाधिवेशनमा उनीविरुद्ध कसैले पनि उम्मेदवारी दिएनन् ।
    महिला उपसभापतिमा पुष्पा भुसाल पनि निर्विरोध भएकी छिन् । महिला उपसभापतिमा भुसालको मात्रै उम्मेदवारी परेको हो । १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य रहेकी भुसाल देउवा पक्ष परित्याग गर्दै विशेष महाधिवेशनमा सहभागी भएर उपसभापति बनेकी थिइन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com