काठमाडौं : यमनमा सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीबीच झडप हुँदा २७० भन्दा बढीको मृत्यु भएको छ ।
साउदी अरबको समर्थन प्राप्त यमनी सरकारले गत महिना हुथी विद्रोहीले कब्जा गरेका क्षेत्र पुनस् आफ्नो नियन्त्रणमा लिन प्रत्याक्रमण सुरु गरेपछि देशमा लडाइँ तीव्र बनेको हो ।
समाचार एजेन्सी एएफपीका अनुसार झडपमा परी २४ घण्टामै दुवै पक्षका २७० भन्दा बढीको मृत्यु भएको छ ।
हुथी विद्रोहीले गरेका क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट सैनिक मात्र ११५ जना मारिएका छन् । दर्जनौँ सैनिक घाइते छन् ।
हिंसाको मुख्य केन्द्र यमनको दक्षिणपश्चिमी क्षेत्रमा रहेको छ । यो क्षेत्र विश्वव्यापी ऊर्जा आपूर्तिका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिने ‘बाब अल–मान्दब जलसन्धि’ आसपास पर्छ ।
यसैबीच, हुथी सैन्य स्रोतले एएफपीलाई बताएअनुसार पछिल्लो एक दिनमा उनीहरूका १६० लडाकु मारिएका छन् ।
स्रोतका अनुसार तीमध्ये अधिकांशको मृत्यु हुथीको नियन्त्रणमा रहेका क्षेत्रमा साउदी अरबले गरेको हवाई आक्रमणमा भएको हो ।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी