काठमाडौँ : महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रवर्द्धन र व्यापार विस्तारका लागि काठमाडौँको जमलमा ‘चेम्बर बजार’ सुरु भएको छ। नेपाल महिला चेम्बरको आयोजनामा नेपाल चेम्बरअफ कमर्सको भवनमा शनिबारदेखि उक्त बजार सञ्चालनमा आएको हो।
चेम्बर बजारमा खाद्यान्न, लत्ताकपडा, हस्तकलाका सामग्री तथा साल्ट ट्रेडिङ लगायतका स्टलहरू रहेका छन्। यस बजारमा महिला उद्यमीले उत्पादन गरेका वस्तुका साथै आयात–निर्यातसँग सम्बन्धित सामग्री बिक्रीका लागि राखिएको छ।
मेला उद्घाटन सत्रमा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीका उत्पादनलाई उपभोक्तासम्म पुर्याउन र व्यवसाय विस्तारमा चेम्बर बजारले सहयोग पुर्याउने बताइन्। महिला उद्यमीका वस्तुले पर्याप्त बजार नपाउँदा व्यवसाय विस्तारमा समस्या भइरहेको अवस्थामा उत्पादक र उपभोक्ताबिच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने माध्यमका रूपमा यसलाई अघि बढाइएको जानकारी उनले दिइन्। बजारमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुहरू सुपथ मूल्यमा बिक्री गर्ने व्यवस्था गरिएको छ।
यस्तै, चेम्बरका पूर्वाधार तथा भूमि सुधार समिति सभापति रोशन भयोद्योले यस्ता मेलाको विस्तार आवश्यक रहेको बताउँदै स्थानीय र स्वदेशी उत्पादन सहज खरिदको अवसर सिर्जना हुने उल्लेख गरे। नेपाल महिला चेम्बरकी सचिव इरा प्रसाईंले ‘चेम्बर बजारलाई व्यापारिक मेला मात्र नबनाई महिला उद्यमीको आर्थिक सशक्तीकरण, सीप विकास र बजार पहुँच विस्तार गर्ने अभियानका रूपमा अघि बढाउने उद्देश्य छ’ भन्दै नयाँ उद्यमीलाई आकर्षण गर्ने लक्ष्य रहेको जानकारी दिइन्।
मेलाकी संयोजक अनिता अमात्य श्रेष्ठका अनुसार बजारमा बिक्री तथा प्रवर्द्धनका साथै उद्यमशीलता विकासका गतिविधि सञ्चालन गरिनेछ। सल्लाहकार निलम ताम्राकारले मेलाले महिला उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्। मेलाको अवसरमा व्यवसाय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण, सीप तथा व्यावसायिक तालिम, महिला स्वास्थ्य सचेतना र निःशुल्क स्वास्थ्य परीक्षणजस्ता कार्यक्रम सञ्चालन गरिनेछ। जमलबाट सुरु भएको चेम्बर बजारलाई आगामी दिनमा देशका अन्य प्रमुख सहरमा विस्तार गर्ने योजना छ।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी