logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    गर्भावस्थामा महिलाको स्मरणशक्ति किन कमजोर हुन्छ ?

    गर्भावस्थामा महिलाको स्मरणशक्ति किन कमजोर हुन्छ ?

    महिला मुक्ति
    १० असोज २०८३
    207
    Shares

    काठमाडौँ :  के तपाईं भान्सामा गएर आफू त्यहाँ के लिन आएको हो भन्ने सोच्दै अक्सर उभिइरहनुहुन्छ रु वा साँचो राखेको ठाउँ बिर्सनु तपाईंको लागि सामान्य कुरा भएको छ ?
    यदि तपाईं गर्भवती हुनुहुन्छ भने, विश्वास गर्नुहोस् यसमा तपाईंको कुनै गल्ती छैन। गर्भावस्थामा कुराहरू बिर्सने यो बानीलाई ‘ममनेसिया’, ‘बेबी ब्रेन’ वा ‘प्रेग्नेन्सी ब्रेन’ भनिन्छ।
    लामो समयसम्म यसलाई महिलाहरूको भ्रम मात्र मानिन्थ्यो। तर, अब विज्ञानले यो एक वास्तविक जैविक प्रक्रिया हो भन्ने प्रमाणित गरिसकेको छ। यस अवधिमा आखिर दिमागमा के हुन्छ भन्ने कुरालाई सरल भाषामा बुझौँ।
    एस्ट्रोजन’ हर्मोन हो मुख्य कारण
    गर्भावस्थाका बेला बच्चाको विकास र शरीरलाई तयार पार्न महिलाको शरीरमा ‘एस्ट्रोजन’ हर्मोनको स्तर अत्यधिक बढ्छ। वैज्ञानिकहरूले पत्ता लगाएका छन्, एस्ट्रोजनको यही अधिकताले दिमागको एक विशेष नेटवर्कलाई अस्तव्यस्त बनाइदिन्छ।
    हाम्रो दिमागका दुई प्रमुख भाग हुन्छन्स् ‘हाइपोथ्यालेमस’ र ‘हिप्पोक्याम्पस’। जब शरीरमा एस्ट्रोजन बढ्छ, तब हाइपोथ्यालेमसमा रहेका केही विशेष कोशिकाहरूले आवश्यकताभन्दा बढी काम गर्न थाल्छन्। यी कोशिकाहरूले हिप्पोक्याम्पसको काम गर्ने क्षमतालाई दबाइदिन्छन्। यसले गर्दा नयाँ सम्झनाहरू बनाउन वा पुराना कुराहरू याद राख्न अवरोध उत्पन्न हुन्छ।
    मुसामा गरिएको अनौठो प्रयोग
    यो रहस्य सुल्झाउन अनुसन्धानकर्ताहरूले प्रयोगशालामा मुसामाथि प्रयोग गरे। उनीहरूले मुसामा एस्ट्रोजनको स्तर गर्भावस्थाकै जस्तो ठ्याक्कै बढाइदिए। नतिजा आश्चर्यजनक थियो, धेरै हर्मोनका कारण मुसाको स्मरणशक्ति कमजोर भयो र उनीहरूले चिनेका कुरा तथा ठाउँहरू बिर्सन थाले।
    सबैभन्दा महत्त्वपूर्ण कुरा,जब वैज्ञानिकहरूले प्रयोगका रूपमा दिमागको त्यो बाटोलाई बन्द गरिदिए,तब मुसाको बिर्सने यो रोग पूर्ण रूपमा निको भयो।
    महिलाहरूमा गरिएको परीक्षणमा के पाइयो
    यो सिद्धान्तलाई मानिसमा जाँच्न ७० जना महिलाहरूमा एउटा अध्ययन गरियो। तीमध्ये केही गर्भवती थिए भने केही थिएनन्। स्मरणशक्ति जाँच्ने परीक्षणमा गर्भावस्थाको अन्तिम महिनाहरूमा महिलाहरूको स्मरणशक्ति साँच्चिकै कमजोर हुन थाल्ने कुरा स्पष्ट भयो। यसको सीधा सम्बन्ध उनीहरूको रगतमा रहेको एस्ट्रोजनको उच्च स्तरसँग भएको पाइयो।
    जर्नल साइन्स बुलेटिनमा प्रकाशित यस अनुसन्धानका मुख्य शोधकर्ताका अनुसार लगभग ८० प्रतिशत गर्भवती महिलाहरूले यो समस्या महसुस गर्छन्। यसको सबैभन्दा बढी असर गर्भावस्थाको अन्तिम चरणमा र बच्चा जन्मेको केही समयपछिसम्म देखिन्छ। त्यसपछि यो आफै निको हुन्छ। यसमा कसैको नाम बिर्सनु, कुराकानीको बिचमा विषय बिर्सनु वा भेटघाट ९अपोइन्टमेन्ट० का लागि रिमाइन्डरको आवश्यकता पर्नु जस्ता कुरा समावेश छन्।
    के गर्भावस्थाले बौद्धिकता कम गराउँछ ?
    पेनिङ्टन बायोमेडिकल रिसर्च सेन्टरका डा। यानलिन हीले महिलाहरूको सबैभन्दा ठुलो चिन्ता हटाउँदै यसको अर्थ गर्भावस्थामा कुनै महिला ‘कम बुद्धिमान्’ हुन्छिन् भन्ने पटक्कै होइन भनी स्पष्ट पारेका छन्।
    यो कुनै गम्भीर रोग होइन। यसको असर केवल दिमागका केही विशेष कार्यहरूमा मात्र पर्छ। तर, यसले तपाईंको दैनिक काम र आत्मविश्वासलाई भने पक्कै केही प्रभावित गर्न सक्छ। एजेन्सी


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com