logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    पहिरोका कारण चौलानी नदी थुनिन सक्ने जोखिम : सतर्क रहन आग्रह

    पहिरोका कारण चौलानी नदी थुनिन सक्ने जोखिम : सतर्क रहन आग्रह

    महिला मुक्ति
    १९ भाद्र २०८३
    189
    Shares

    बैतडी : दार्चुलाको अपिहिमाल गाउँपालिका–२ भट्टार क्षेत्रमा पहिरो गएको छ । पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिनुभयो ।
    नदीको बहाव प्रभावित भएकाले सतर्क रहन नदी किनारका बस्तीहरूलाई सचेत गराउन लागिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
    पहिरो गएको क्षेत्रमा क्षतिको आधिकारिक विवरण आएको छैन, प्रहरी त्यसतर्फ गइसकेको छ,”प्रजिअ पौडेलले भन्नुभयो ।
    जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै चौलानी नदीमा माथिबाट आएको पहिरोले नदीको केही भाग पुरिएको र पहिरो आउने क्रम जारी रहेकाले नदी थुनिन सक्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com