काठमाडौँ : तिलगंगा आँखा प्रतिष्ठानले विपद् प्रभावित क्षेत्रको उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ९ लाख सहयोग गरेको छ।
प्रतिष्ठानको तर्फबाट रु १ करोड १ लाख १ र कर्मचारीहरूको एक दिनको पारिश्रमिक बापतको रु ८ लाख ५१ हजार ३५१ गरी कुल रु १ करोड ९ लाख ५१ हजार ३५२ सङ्कलन गरी बिहीबार कोषमा जम्मा गरिएको छ।
साथै, सोही अवसरमा तिलगंगाको अन्तर्राष्ट्रिय साझेदार संस्था द फ्रेड हलोज फाउण्डेसन अष्ट्रेलियाका तर्फबाट पनि अतिरिक्त रु २१ लाख ८१ हजार २०० सहयोग प्रदान गरिएको छ।
उक्त सहयोग रकमको चेक तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी, प्रमुख वित्तीय अधिकृत रामचन्द्र खनाल तथा द फ्रेड हलोज फाउण्डेसनका नेपाल प्रतिनिधि एन्जिला दाहालले संयुक्त रूपमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी