logo
  • शुक्रबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    अखिल (समाजवादी) द्धारा : बाढी पीडितका लागी ५० हजार रुपैयाँ सहयोग

    अखिल (समाजवादी) द्धारा : बाढी पीडितका लागी ५० हजार रुपैयाँ सहयोग

    महिला मुक्ति
    १४ भाद्र २०८३
    180
    Shares

    काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (समाजवादी) ले बाढी पीडितहरूको सहयोगार्थ ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। संगठनले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोष’ मा संस्थागत रूपमा उक्त रकम दाखिला गरेको हो।
    अखिल (समाजवादी) का उपाध्यक्ष ललित ‘सी’ ले संगठनका सदस्यहरूबाट आन्तरिक रूपमा संकलन गरिएको उक्त रकम रसुवा, नुवाकोट लगायत देशभरका बाढी प्रभावित क्षेत्रका नागरिकको राहतका लागि सरकारको कोषमा जम्मा गरिएको बताए ।
    साथै, अखिल (समाजवादी) ले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन संगठनको तर्फबाट छिट्टै स्वयंसेवकहरू समेत परिचालन गर्ने जनाएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com