logo
  • शुक्रबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

    मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

    महिला मुक्ति
    १४ भाद्र २०८३
    216
    Shares

    धादिङ : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षा र बाढीका कारण सडकको ठूलो हिस्सा भत्किएपछि सवारी आवागमन ठप्प भएको हो।
    बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिल्लीनारायण पाण्डेका अनुसार कृष्णभीरमा सडकको जग नै खस्किएर भासिएका कारण अहिले दुवैतर्फबाट सवारी साधन सञ्चालन गर्न सकिने अवस्था छैन। सडक पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने र मुग्लिङ हुँदै काठमाडौँ भित्रिने सयौँ सवारी साधन र हजारौँ यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्।
    ट्राफिक प्रमुख पाण्डेले सडकको अवस्था गम्भीर रहेकाले तत्काल मर्मत गरी सुचारु गर्न केही समय लाग्न सक्ने जानकारी दिए।
    आज बिहानैदेखि त्रिशूली र नारायणी नदीमा जलसतह बढेको र विभिन्न स्थानमा पहिरो जाने क्रम जारी रहेकाले राजमार्गको यात्रा निकै जोखिमपूर्ण बनेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com