काठमाडौँ : गिनीको राजधानी कोनाक्रीमा भारी वर्षापछि फोहोरको पहाड नजिकैका घरहरूमा खस्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ।
घटनामा २२ जना घाइते भएका छन्, जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। स्थानीय समयअनुसार सोमबार बिहान २ बजेतिर सहरको दार-एस-सलाम क्षेत्रमा दुर्घटना भएको हो।
गिनी सरकारका अनुसार भारी वर्षापछि फोहोरको थुप्रो अचानक भत्किएको हो। जसमा धेरै मानिस फसेको आशंका गरिएको छ। सरकारले उद्धार र राहतका लागि सेनासहित ठुलो संख्यामा सुरक्षाकर्मी घटनास्थलमा खटाएको छ। एक महिलाले स्थानीय सञ्चारमाध्यमसँग फोहोरको पहाडले थिचिएर आफ्ना पाँच बालबालिकाको मृत्यु भएको बताएकी छन्। अधिकारीहरूले भग्नावशेषमुनि थप मानिसहरू दबिएको हुन सक्ने शंका गर्दै मृतकको संख्या बढ्न सक्ने बताएका छन्। गिनीका प्रधानमन्त्री अमाडोउ ओरी बाले स्थिति बुझ्न घटनास्थलको अवलोकन गरेकी छन्। – बीबीसी
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी