काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का महामन्त्री विपिनकुमार आचार्यले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आगामी स्थानीय तहको निर्वाचनमा मतदान गर्ने अधिकार दिन माग गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले प्रवासमा रहेका नेपालीले मत हाल्न पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
महामन्त्री आचार्यका अनुसार रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत विश्वभरका पार्टी कार्यकर्ताबाट उम्मेदवार चयन गर्ने प्रक्रिया सुरु गरिसकेको छ। विदेशमा रहेका नागरिकको ‘नोट चल्ने तर भोट नचल्ने’ प्रवृत्तिको अन्त्य हुनुपर्ने पार्टीको नीति रहेको उनले स्पष्ट पारे
संसारभर रहेका नेपाली नागरिकले मतदान गर्न पाउने कुरा सुनिश्चित गर्नका लागि आवश्यक कानुनी र प्राविधिक काम तत्काल सुरु गर्न उनले सभामुखमार्फत सरकारसँग माग गरेका छन्।
सदनमा बोल्दै महामन्त्री आचार्यले भने, ‘आगामी स्थानीय तहको निर्वाचनमा संसारभरका प्रवासी नेपालीले भोट हाल्न पाउनुपर्छ।’ उनले यसका लागि आवश्यक कानुनी र प्राविधिक तयारी आजैदेखि सुरु गर्न सरकारको ध्यानाकर्षण गराए।
हाल करिब ४० लाख नेपाली वैदेशिक रोजगारीका क्रममा देशबाहिर रहेका छन्।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी