काठमाडौँ : भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच भारतीय सेनाध्यक्ष सेठलाई उक्त सम्मान प्रदान गरेका हुन् । नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा रहिआएको छ । सोही परम्पराको निरन्तरता स्वरूप सेनाध्यक्ष सेठलाई यो मानपदवी प्रदान गरिएको हो ।
तीन दिने औपचारिक भ्रमणका लागि आईतवार अपराह्न नेपाल आएका सेनाध्यक्ष सेठको सम्मानमा आयोजित उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकारका उच्च अधिकारीहरू, नेपाली सेनाका वरिष्ठ अधिकृतहरूका साथै नेपालका लागि भारतीय राजदुतको समेत उपस्थिति रहेको थियो ।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी