logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    आज श्रावण शुक्ल पञ्चमी नागको पूजा गर्ने परम्परा

    आज श्रावण शुक्ल पञ्चमी नागको पूजा गर्ने परम्परा

    महिला मुक्ति
    १ भाद्र २०८३
    180
    Shares

    काठमाडौं :  आज श्रावण शुक्ल पञ्चमी, परम्पराअनुसार नागको पूजा गरी देशभरि नागपञ्चमी मनाइँदै छ ।
    आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।
    घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
    आज बिहानैदेखि काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेषरूपमा पूजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार चढाउने गरिन्छ ।
    धार्मिक विश्वास राख्नेहरू बिहानै नागपोखरी पुगेर दूध चढाएर नागको पूजा गरेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com