logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    नेत्रज्योति सङ्घलाई डब्लुएचओले ‘पब्लिक हेल्थ अवार्ड’ प्रदान गर्ने

    नेत्रज्योति सङ्घलाई डब्लुएचओले ‘पब्लिक हेल्थ अवार्ड’ प्रदान गर्ने

    महिला मुक्ति
    २४ साउन २०८३
    135
    Shares

    काठमाडौँ :  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालयले नेपाल नेत्रज्योति सङ्घलाई सार्वजनिक स्वास्थ्य विधामा ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड प्रदान गर्ने भएको छ ।
    नेपालमा अन्धोपन निवारणमा पाँच दशकसम्म योगदान गरेवापत सङ्घलाई यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । आगामी असोजमा उक्त पुरस्कार प्रदान गरिने ‘डब्लुएचओ’ दक्षिण पूर्वी एशिया क्षेत्रीय कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
    सङ्घले हालसम्म पाँच करोड दुई लाख ४८९ जनाको आँखा उपचार सेवा र ५६ लाख ५९ हजार ६२४ जनाको शल्यक्रिया गरेको छ । डब्लुएचओका अनुसार नेपालमा अन्धोपन सन् १९८१ मा ०.८४ प्रतिशत रहेकामा सन् २०२०र२१ मा त्यो घटेर ०.२८ प्रतिशतमा झरेको छ । रासस


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com