logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    हुथी विद्रोहीद्वारा भारतीय जहाजमाथि आक्रमण

    हुथी विद्रोहीद्वारा भारतीय जहाजमाथि आक्रमण

    महिला मुक्ति
    २० साउन २०८३
    117
    Shares

    काठमाडौँ :  यमनको तटीय क्षेत्रनजिकै लाल सागरमा भारतीय झण्डावाहक एक व्यापारिक जहाजमाथि इरान समर्थित हुथी विद्रोहीहरूले आक्रमण गरेका छन् । विस्फोटक पदार्थले भरिएको एउटा सुसाइड बोट जहाजमा ठोक्किएको हाे। त्यसपछि जहाज डुबेको जनाइएकाे छ । यद्यपि, जहाजमा सवार सबै १३ जना भारतीय नागरिकलाई सकुशल उद्धार गरिएको हाे । भारतको विदेश मन्त्रालयले ‘एमएसभी फैजे नूर–ए–औलिया’नामक जहाजमाथि भएको आक्रमणको कडा भर्त्सना गरेको छ ।
    विदेश मन्त्रालयले साउदी अरेबियाको राजधानी रियादस्थित भारतीय दूतावासले घटनाको निरन्तर अनुगमन गरिरहेको जनाएकाे हाे । जहाजका चालकदल सदस्यहरूको सुरक्षा सुनिश्चित गर्न यमनका सम्बन्धित अधिकारीहरूसँग समन्वय र सहकार्य गरिरहेको मन्त्रालयले जानकारी गराएकाे छ। – एजेन्सी


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com