काठमाडौँ : भारतको प्रमुख विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् । शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै कक्राेच जनता पार्टीले जन्तर-मन्तरमा विरोध प्रदर्शन जारी राखेको बेला प्रधानमन्त्री निवास अघि धर्ना दिन पुगेका गान्धीलाई पक्राउ गरिएको बताइएको छ । कांग्रेसका सांसदहरूले राहुल गान्धीको नेतृत्वमा मंगलबार दिउँसो प्रधानमन्त्री निवास लोक कल्याण मार्ग बाहिर धर्ना सुरु गरेका थिए । उनीहरूको माग प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने थियो।
लोकसभाका प्रतिपक्ष नेता गान्धी, कांग्रेस नेतृ प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएर संसद मार्ग प्रहरी कार्यालय लगेको छ।
यसअघि प्रधानमन्त्री निवास नजिक धर्नामा बसेका राहुल गान्धी तथा अन्य कांग्रेस नेताहरूलाई भेट्न केन्द्रीय मन्त्री जितेन्द्र सिंह पुगेका थिए। भेटपछि उनले एक्समा यस विषयमा लामो पोस्ट लेखेका छन् । जितेन्द्र सिंहले लोकसभाका प्रतिपक्ष नेता राहुल गान्धीले वाचा गरेर आफ्नो भनाइबाट पछि हटेको दाबी गरेका छन्। कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो निवासबाट बाहिर आएर जवाफ दिनुपर्ने पनि बताएको थियो। लोक कल्याण मार्गमा रहेको प्रदर्शनस्थलमा तनावपूर्ण अवस्था छ ।
सिजेपीले नीट प्रश्नपत्र लीक लगायतका मुद्दाहरूमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै एक महिनाभन्दा बढी समयदेखि प्रदर्शन गरिरहेको छ।जसमा हजारौँ विद्यार्थीहरू सहभागी छन् । – एजेन्सी
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी