काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाको निर्वाचनसम्बन्धी डाटामा घुसपैठ गरेको दाबी गर्दै अमेरिकी निर्वाचन पूर्वाधार लामो समयदेखि साइबर आक्रमणको जोखिममा रहेको बताएका छन्। ट्रम्पले वर्षौंदेखि अमेरिकी नागरिकलाई निर्वाचन पूर्वाधारको सुरक्षाबारे गलत जानकारी दिइएको आरोप लगाउँदै इलेक्ट्रोनिक मतदान मेसिन र मतगणना प्रणाली पर्याप्त रूपमा सुरक्षित नभएको बताए। उनले यसअघि गोप्य राखिएका अमेरिकी गुप्तचर समुदाय ९यूएस इन्टेलिजेन्स कम्युनिटी० का मूल्याङ्कन प्रतिवेदन तथा अन्य कागजात सार्वजनिक गरिएको उल्लेख गर्दै ती प्रतिवेदनले निर्वाचन प्रणाली साइबर आक्रमणका लागि अत्यन्त कमजोर रहेको पुष्टि गरेको दाबी गरे।
ट्रम्पका अनुसार ती प्रतिवेदनले रूस, चीन, इरान, उत्तर कोरिया तथा केही गैर(सरकारी समूहसँग अमेरिकी निर्वाचन पूर्वाधारमा हस्तक्षेप वा क्षति पुर्याउने क्षमता रहेको निष्कर्ष निकालेका छन्।
यसैबीच, ह्वाइट हाउसले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको वक्तव्यमा सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनदेखि सुरु भएको अवधिमा चीनले निर्वाचनसम्बन्धी डाटामा अहिलेसम्मकै ठूलो साइबर घुसपैठ गरेको दाबी गरेको छ। ह्वाइट हाउसका अनुसार उक्त घुसपैठमार्फत चीनले करिब २२ करोड ९२२० मिलियन० अमेरिकी मतदाताको व्यक्तिगत विवरण गैरकानुनी रूपमा हासिल गरेको दाबी गरिएको छ। चीनले भने यस विषयमा तत्काल कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन। साथै, अमेरिकी प्रशासनले सार्वजनिक गरेको दाबीको स्वतन्त्र पुष्टि पनि हालसम्म भएको छैन। – एजेन्सी
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी