logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    मिटरब्याज विरुद्धको पैदल न्याय मार्च आज चौथो दिनमा प्रवेश

    मिटरब्याज विरुद्धको पैदल न्याय मार्च आज चौथो दिनमा प्रवेश

    महिला मुक्ति
    २८ असार २०८३
    126
    Shares

    काठमाडौँ :  जनकपुरबाट असार २५ बाट सुरु गरी सुरु भएको मिटरब्याज विरुद्धको पैदल न्याय मार्च आज चौथो दिनमा लालबन्दीबाट अघि बढेको छ। राज्यलाई ब्युँझाउन र आफ्ना हकअधिकार स्थापना गर्न उद्यमी तथा पीडितहरूले बोकेको यो यात्रा काठमाडौँ नपुगी रोकिने छैन भनी क्रमिक रूपमा अघि बढिरहेको आयोजकहरूले जानकारी दिएका छन्।
    न्याय खोजीमा निस्किएका सयौँ सहभागीहरूले चुपचाप तमसूक फाड र अधिकार माग्न काठमाडौँ जान पर्दैन जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर मार्चमा सहभागी भएका छन्। उनीहरू प्रत्येक दिन करिब २०–२६ किलोमिटर पैदल यात्रा गर्दै राजधानी तर्फ अगाडि बढिरहेका छन्।
    आयोजकहरूको भनाइअनुसार सरकारले चारपटक सहमति दिए पनि प्रतिबद्धता कार्यान्वयन नगरेकाले दबाब बढाउन फेरि काठमाडौँआएका हुँ।उनीहरू करिब एक साताभित्र काठमाडौँ पुग्ने छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com