काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले आफ्नो हत्याको प्रयास गरेमा अमेरिकाले यसअघि कहिल्यै नदेखिएको हमला गर्ने चेतावनी दिएका छन्।
आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले इरानतर्फ १००० मिसाइलहरू तयारी अवस्थामा राखिएको र आवश्यक परेमा हजारौं थप मिसाइलहरू प्रहार गरिने लेखेका छन्।
ट्रम्पले चेतावनी दिँदै भनेका छन्, ‘यदि इरानले ममाथि हमला गर्यो भने इरानलाई पूर्ण रूपमा ध्वस्त पारिनेछ।’उनले जवाफी कारबाहीका लागि पहिले नै आदेश दिइसकेको र अमेरिकी सेना कम्तीमा एक वर्षसम्म यस्तो कुनै पनि कारबाहीका लागि पूर्ण रूपमा तयार रहेको दाबी गरेका छन्।
सन् २०२० मा अमेरिकी ड्रोन हमलामा इरानी कमाण्डर कासिम सुलेमानीको मृत्यु भएदेखि नै इरानले बदला लिने चेतावनी दिँदै आएको छ। हालै इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिमा केही मानिसहरूले ट्रम्पको हत्या गर्ने नारा लेखिएका ब्यानर बोकेपछि ट्रम्पले थप आक्रामक चेतावनी दिएका हुन्।
यसैबीच, इजरायली मिडिया ‘कान न्युज’ को रिपोर्ट अनुसार,अमेरिकाले इजरायलबाट आफ्ना १२ वटा ‘एफ- २२’ स्टेल्थ फाइटर जेटहरू फिर्ता बोलाउन थालेको छ। यी लडाकु विमानहरू गत फेब्रुअरीदेखि इजरायलको ओभ्दा एयरबेसमा तैनाथ थिए।
रिपोर्टमा दाबी गरिए अनुसार यी विमानहरूलाई इरानविरुद्धको सैन्य अभियानका लागि पठाइएको थियो र यिनले भर्खरैका हमलाहरूमा पनि भाग लिएका थिए। सामाजिक सञ्जाल एक्समा सार्वजनिक भएको एउटा फुटेजमा यी जेटहरू इजरायलबाट उडान भरिरहेको देख्न सकिन्छ।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी