logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    ११ विद्यार्थी सङ्गठनद्धारा : प्रकाशित परीक्षाफलमा देखिएका कमजोरीहरूप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण

    ११ विद्यार्थी सङ्गठनद्धारा : प्रकाशित परीक्षाफलमा देखिएका कमजोरीहरूप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण

    महिला मुक्ति
    ११ असार २०८३
    225
    Shares
    काठमाडौँ  :  विभिन्न विद्यार्थी सङ्गठनहरूले हालै प्रकाशित कक्षा १२ को परीक्षाफल र केही समयअघिको एसईईको नतिजामा देखिएका त्रुटि तथा कमजोरीहरूप्रति ध्यानाकर्षण गराएका छन् ।
    मूल्याङ्कन प्रक्रियामा पारदर्शिताको अभाव, पुनर्मुल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको विरोधमा भइरहेको आन्दोलनमा संयुक्त विद्यार्थी सङ्गठनले ऐक्यबद्धता व्यक्त गरेका हुन् ।
    परीक्षाफल समयमै प्रकाशन गर्ने शिक्षा तथा खेलकुद मन्त्रालयको प्रयास सकारात्मक भए तापनि चाँडो नतिजा निकाल्ने बहानामा गरिएको लापरबाही र त्रुटिले विद्यार्थीको मिहिनेत र भविष्यमाथि खेलबाड गरेको ठहर ती सङ्गठनहरूले गरेका छन् ।
    विज्ञप्तिमा नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु ९क्रान्तिकारी०, अखिल ९समाजवादी लगायतका विभिन्न विद्यार्थी सङ्गठनका अध्यक्ष तथा संयोजकहरूले हस्ताक्षर गर्दै माइतीघरको शान्तिपूर्ण प्रदर्शनको सफलताको शुभकामना समेत दिएका छन् ।
    विद्यार्थी सङ्गठनहरूले शिक्षा मन्त्रालयसँग यस घटनाप्रति गम्भीर ध्यान दिन, देखिएका त्रुटिहरूको तत्काल समाधान गर्न, पुनर्मूल्याङ्कनको वैज्ञानिक व्यवस्था मिलाउन र भविष्यमा यस्ता गम्भीर गल्तीहरू पुनरावृत्ति नहुने गरी आवश्यक सुधारका कदमहरू चाल्न माग गरेका छन् ।728911698_1306498894526380_1390442464002419881_n


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com