logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    आफ्नै छोरीलाई जबरजस्ती करणी गरी शिशु गाड्ने बाबु पक्राउ

    आफ्नै छोरीलाई जबरजस्ती करणी गरी शिशु गाड्ने बाबु पक्राउ

    महिला मुक्ति
    ११ असार २०८३
    189
    Shares

    झापा :  झापामा आफ्नै छोरीलाई जबरजस्ती करणी गरी जन्माएको नवजात शिशुको शव गाडेर फरार भएका एक प्रतिवादीलाई प्रहरीले तीन महिनापछि इलामबाट पक्राउ गरेको छ।
    हाडनाता करणी र नवजात शिशु कर्तव्य ज्यान मुद्दाका ती प्रतिवादीलाई विशेष सुराकीको आधारमा इलामको सूर्योदय नगरपालिका वडा नम्बर १० फिक्कल बजारमा रहेको मन्त्र होटलबाट पक्राउ गरिएको हो।
    जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार प्रतिवादीलाई उनकै पीडित छोरीसँग बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय इलामको समन्वयमा पक्राउ गरिएको हो। यो घटना गत वैशाख महिनामा बाहिर आएको थियो।
    २०८३ वैशाख २ गते झापाको झिलझिलेस्थित खाली जमिनमा नवजात शिशु गाडेको अवस्थामा शव भेटिएपछि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले अनुसन्धान गर्ने क्रममा पीडित छोरीले आफ्नै बुबाले आफूलाई जबरजस्ती करणी गरेको र बच्चा जन्मिएपछि बुबाकै सल्लाह बमोजिम शवलाई गाडेको प्रारम्भिक बयान दिएकी थिइन्।
    सो घटनापछि वैशाख २ गते नवजात शिशु कर्तव्य ज्यान र वैशाख १० गते हाडनाता करणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको थियो।
    वारदातपछि फरार रहेका प्रतिवादी सुरुमा रोल्पा जिल्लामा लुकीछिपी बसेको प्राविधिक अनुसन्धानबाट खुलेको थियो। रोल्पा प्रहरीसँग समन्वय गरी खोजतलास भइरहेकै बेला उनी त्यहाँबाट पनि भागेर विभिन्न ठाउँमा लुक्दै जेठ ३ गते इलाम आइपुगेका थिए।
    पक्राउ परेका प्रतिवादीलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। पीडित छोरीलाई भने हाल संरक्षणका लागि आफन्त नेपाल काँकरभिट्टामा राखिएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com