logo
  • शुक्रबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    ट्राफिक कारबाही : १७ लाख २४ हजार राजस्व संकलन

    ट्राफिक कारबाही : १७ लाख २४ हजार राजस्व संकलन

    महिला मुक्ति
    १० असार २०८३
    243
    Shares

    काठमाडौँ  :  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत २४ घण्टामा दुई हजार ५ सय ५० जना सवारीचालक सवारी नियम उल्लंघन गरेकाे आराेपमा कारबाहीमा परेको जनाएको छ । जसबाट राज्यकोषमा १७ लाख २४ हजार ५ सय ३ रूपैयाँ राजस्व दाखिला भएको छ । मादकपदार्थ सेवन गरेको १ सय २, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ४२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ४० र तीव्रगतिमा सवारीसाधन चलाएकाे आराेपमा २ सय ७ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएकाे छ ।
    त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५६, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ८, निर्धारित मापदण्ड भन्दा बढी धुवाँ फाल्ने सवारीसाधन १४ र सवारीसाधनको अवस्था जाँच नगरी सडकमा निकालिएका सवारी ३५ र अन्य सवारी नियम पालना नगरेका एक हजार ७ सय ४६ जनालाई कारबाही गरिएको हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com