logo
  • शुक्रबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    भिरबाट टेम्पो फाल्ने कर्मचारीले पीडितलाई ५ लाख क्षतिपूर्ति

    भिरबाट टेम्पो फाल्ने कर्मचारीले पीडितलाई ५ लाख क्षतिपूर्ति

    महिला मुक्ति
    १० असार २०८३
    198
    Shares

    धनगढी :  कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा भिरबाट टेम्पो फालिएको घटनाको विवाद समाधान भएको छ । भिरबाट टेम्पो फाल्ने कार्यमा संलग्न वन कर्मचारीले टेम्पो भीमदत्त राजमार्गमा राखेर खुद्रा सामान बिक्री गर्दै आएकी धनादेवी धामीलाई क्षतिपूर्ति वापतको रकम दिएपछि विवाद टुंग्गिएको हो ।
    धनादेवीले क्षतिपूर्ति पाएसँगै सोही घटनामा कैलाली प्रहरीको हिरासतमा रहेका सवडिभिजन वन कार्यालय अत्तरियाका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र वन रक्षक चेतराज फूलारा पनि थुनामुक्त भएका छन् ।
    जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई ७र७ हजार धरौटीमा छाडेको हो । धामी टेम्पाको क्षतिपूर्ति र अतिक्रमण हटाउने अभियानका क्रममा वन कार्यालयले भत्काएको घर बनाइदिनुपर्ने भन्दै प्रहरी र स्थानीय प्रशासन धाइरहेकी थिइन् ।
    वनका कर्मचारीले उनलाई क्षतिपूर्ति वाफत भन्दै पाँच लाख रुपैयाँ दिएपछि इलाका प्रहरी कार्यालय मालाखेतीमा उनीहरूबीचको विवाद समेत टुंग्गिएको छ । वन कर्मचारीले भीरमा फालेको सुपप्र ०१००१ ह ३१८० नम्बरको टेम्पो भने गरिमा विकास बैँकको नाममा रहेको पाइएको छ ।
    कैलालीकै गोदावरीका कृष्णबहादुर थापाले गरिमा विकास बैँकबाट ऋण काढेर टेम्पो खरिद गरेका थिए । टेम्पोको सबै ऋण चुक्ता भइसके पनि नामसारी नगरिएका कारण सवारीधनी बैँक नै रहेको छ । धामीले उक्त टेम्पो गोदावरीका एक स्थानीयबाट खरिद गरेको बताएकी छन् ।
    टेम्पो भिरमा फालिएको घटनापछि डिभिजन वन कार्यालय धनगढीको अतिक्रमण हटाउने अभियान विवादमा परेको थियो । अतिक्रमण हटाउँदा वन कर्मचारी नै प्रहरी हिरासतमा पुगेपछि अभियान प्रभावित भएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com