logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प

    हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प

    महिला मुक्ति
    ७ असार २०८३
    216
    Shares

     

    , काठमाडौँ :  हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ः३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो ।

    भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा महसुस गरिएको जनाइएको छ । यसअघि गत जेठ २९ गते सङ्खुवासभाको च्याम्ताङ आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको केन्द्रले जनाएको छ ।   – रासस


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com