logo
  • बुधबार, १२ कार्तिक २०८३
    • ट्रेन्डिङ

    जापानले ट्युनिसियामाथि ४- ० को शानदार जित

    जापानले ट्युनिसियामाथि ४- ० को शानदार जित

    महिला मुक्ति
    ७ असार २०८३
    252
    Shares

    काठमाडौं  : फिफा विश्वकपको १०००औं खेलमा एसियाली राष्ट्र जापानले अफ्रिकन राष्ट्र ट्युनिसियामाथि ४-० को शानदार जित हात पारेको छ ।
    समूह एफमा पहिलो जतिपछि जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ । दुई खेलबाट जापानको नेदरल्यान्ड्स समान ४ अंक भएको छ ।
    मेक्सिकोको मोन्टेरेमा भएको खेलमा जापानका लागि असाय उएदाले दुई तथा दाइची कामाडा र जुन्या इटोले एक९एक गोल गरे ।
    जापानले विश्वकपमा ट्युनिसियालाई दोस्रो पटक पराजित गरेको हो । यसअघि सन् २००२ मा घरेलु मैदानमा विश्वकपमा जापानले ट्युनिसियालाई २- ० ले पराजित गरेको थियो ।
    जापानले सुरुमै गोल गरेपछि ट्युनिसियालाई खेलमा दबाबमा राख्न सफल भएको थियो । ६२ प्रतिशत बल पोसेसन राखेको जाापनले ११ सट हान्दा ५ सट अन टार्गेटमा थियो । २ सट हानेको ट्युनिसियाले भने अन टार्गेटमा राख्न सकेन ।
    खेलको चौथो मिनेटमै कामाडाले केइतो नाकामुराको पासमा गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । उएदाले को इताकुराको पासमा ३१औं मिनेटमा गोल गरी अग्रता दोब्बर पारे ।
    दोस्रो हाफमा पनि जापानले दुई गोल थप्यो । इटोले उएदाको पासमा ६९औं मिनेटमा जापानका लागि तेस्रो गोल गरे । उएदाले ८३औं मिनेटमा व्यक्तिगत दोस्रो तथा जापानको लागि चौथो गोल गरे । उनले काइसु सानोको पासमा गोल गरे ।
    उएदा यस विश्वकपमा एकै खेलमा दुई गोल गर्ने र एक असिस्ट गर्ने दोस्रो खेलाडी बने । यसअघि नेदरल्यान्ड्सका कोडी गाक्पोले स्वीडेन विरुद्ध दुई गोल र एक असिस्ट गरेका थिए ।
    जापानले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २- २ को बराबरी खेलेको थियो ।
    ट्युनिसिया भने लगातार दोस्रो हारपछि समूह चरणबाटे बाहिरिएको छ । ट्युनिसिया पहिलो खेलमा स्वीडेनसँग ५(१ ले पराजित भएको थियो । ट्युनिसियाले पहिलो हारपछि प्रशिक्षक साब्री लामोउचीलाई बर्खास्त गर्दै हार्भे रेनार्डलाई नयाँ प्रशिक्षक बनाएको थियो ।
    तर नयाँ प्रशिक्षक नियुक्त भएपनि नतिजा भने परिवर्तन गर्न सकेनन् । यस विश्वकपमा दुई खेलमै ९ गोल बेहवर्ने ट्युनिसिया पहिलो टिम समेत बनेको छ ।
    जापानले अब समूह एफको अन्तिम खेल स्वीडेनसँग खेल्नेछ । यस्तै बाहिरिसकेको ट्युनिसियाले नेदरल्यान्ड्ससँग समूहको अन्तिम खेल खेल्नेछ । यी दुई खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com