logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    ट्राफिक कारबाही : २४ घण्टामा चार लाख ९४ हजार राजस्व संकलन

    ट्राफिक कारबाही : २४ घण्टामा चार लाख ९४ हजार राजस्व संकलन

    महिला मुक्ति
    ७ असार २०८३
    198
    Shares

    काठमाडौँ :  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बितेका २४ घण्टामा एक हजार ७८२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु चार लाख ९४ हजार राजस्व दाखिला भएको छ।
    कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ७५, सङ्केत बत्ती उल्लङ्घनकर्ता ८२ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११० जनालाई कारबाही गरिएको हो।
    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ६५, निषेधित क्षेत्रमा हर्न बजाउने ७१, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ८७, एकतर्फी बाटोमा सवारी चलाउने ६८ र अन्य सवारी नियम पालना नगरेका एक हजार १४१ जनालाई कारबाही गरिएको हो।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com