logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    भ्रष्टाचारको मुद्दामा : नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम पुर्पक्षका लागि थुनामा

    भ्रष्टाचारको मुद्दामा : नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम पुर्पक्षका लागि थुनामा

    महिला मुक्ति
    २ असार २०८३
    288
    Shares

    काठमाडौँ :  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितताको मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई विशेष अदालतले पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको छ।
    मंगलबार विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले उक्त आदेश दिएको हो।
    गौतममाथि विमानस्थल निर्माणका क्रममा ८ करोड ९५ लाख २ हजार ७ सय ८० रुपैयाँ सरकारी रकम हिनामिना गरेको र प्राधिकरणलाई हानी नोक्सानी पुर्‍याएको आरोप लागेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com