logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    गृह मन्त्री गुरुङ र विज्ञान,प्रविधि तथा नवप्रवर्तन मन्त्री पुनले लिए शपथ

    गृह मन्त्री गुरुङ र विज्ञान,प्रविधि तथा नवप्रवर्तन मन्त्री पुनले लिए शपथ

    महिला मुक्ति
    २६ जेष्ठ २०८३
    297
    Shares

    काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले शपथ लिएका हुन् ।
    शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू र सांसदहरू पनि उपस्थित छन् ।
    गुरुङ यसअघि पनि गृहमन्त्री नै थिए । उनको सम्पत्ति विवरणको विषयमा विवाद भएपछि उनले राजीनामा दिएका थिए । सरकारले गठन गरेको छानबिन समितिले उनलाई क्लिनचिट दिएपछि उनी फेरि गृहमै दोहोरिएका हुन् ।
    त्यस्तै महावीर पुन पनि जेनजी आनदोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री थिए ।
    फागुन २१ को निर्वाचनअघि मन्त्री पदबाट राजीनामा दिएर उनी चुनावमा होमिएका थिए ।
    गुरुङ गोरखा १ बाट रास्वपाका निर्वाचित सांसद हुन् । पुन भने म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com