काठमाडौँ , नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक बुधबार काठमाडौँमा सम्पन्न भएको छ ।नेपाल र स्विट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसर पारेर आयोजित उक्त बैठकमा दुई देशबीचको समग्र सम्बन्ध र सहकार्यका विविध पक्षबारे समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा दुवै पक्षले दुई देशबीचको लामो समयदेखिको मित्रता र घनिष्ठ साझेदारीको प्रशंसा गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने तथा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार नेपाली पक्षले स्विस पक्षलाई नेपालको पछिल्लो राजनीतिक तथा आर्थिक अवस्थाबारे जानकारी गराउँदै सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, डिजिटल रूपान्तरण तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई नयाँ सरकारका प्राथमिकताका रूपमा प्रस्तुत गरेको थियो । साथै जलविद्युत् उत्पादन तथा प्रसारण, पर्यटन र सूचना प्रविधि क्षेत्रको विकास सरकारका प्रमुख आर्थिक लक्ष्य रहेको जानकारी पनि गराइएको थियो ।
नेपाली पक्षले स्विस सरकारद्वारा स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसनमार्फत नेपाललाई निरन्तर प्राथमिकतामा राखिएकोप्रति आभार व्यक्त गरेको थियो । सङ्घीयता कार्यान्वयन, झोलुङ्गे पुल निर्माण, आप्रवासन व्यवस्थापन, सामुदायिक वन, प्राविधिक तथा व्यावसायिक शिक्षा र विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धिजस्ता क्षेत्रमा स्विट्जरल्याण्डले पुर्याएको सहयोगको प्रशंसा गर्दै नेपालको प्राथमिकताअनुसार सहयोगको दायरा अझ विस्तार गर्न आग्रह गरिएको थियो ।
बैठकमा जलवायु परिवर्तनलगायत साझा चासोका क्षेत्रीय तथा विश्वव्यापी विषय र बहुपक्षीय मञ्चमा सहकार्यका विषयमा पनि विचार आदानप्रदान भएको थियो । दुवै पक्षले प्रस्तावित समझदारीपत्र तथा सम्झौताहरू शीघ्र निष्कर्षमा पुर्याउने सहमति जनाएका छन् ।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी