काठमाडौँ , सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने विषयलाई लिएर पार्टीभित्र हलचल मच्चिएको छ । लामिछाने जेठ १८ गते नयाँदिल्ली प्रस्थान गर्ने सूचना बाहिरिएपछि रास्वपामा हलचल मच्चिएको हो ।
स्रोतका अनुसार सभापति लामिछाने भारत भ्रमणमा जानेबारे पार्टीलाई नै जानकारी छैन । वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग पनि यसबारे छलफल नभएको बुझिएको छ ।
‘पार्टी सभापति भारत भ्रमणमा जानेबारे पार्टीलाई कुनै जानकारी छैन । वरिष्ठ नेता रहेका प्रधानमन्त्री बालेनसँग पनि छलफल भएको देखिँदैन । भ्रमणको विषयमा केन्द्रीय समितिले नै निर्णय गर्नुपर्छ’, स्रोतले भन्यो ।
लामिछाने भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा दुई दिने भ्रमणमा निस्किन लागेको सूचना बाहिरिएको थियो । भ्रमणका क्रममा लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस। जयशंकर, विदेश सचिव विक्रम मिस्री, राष्ट्रिय सुरक्षा सुरक्षा सल्लाहकार अजित डोभालसहित उच्चस्तरीय भेटघाट गर्ने तय भएको बुझिएको थियो । भ्रमणमा रास्वपा सभापति लामिछानेसहित सह–महामन्त्री विपिन कुमार आचार्य र सचिवालय सदस्य तथा प्रवास विभाग प्रमुख दीपकराज बोहरा जाने चर्चा चलेको थियो ।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी